काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बैंकहरू सबैभन्दा ठूला मिटरब्याजी भएको उल्लेख गरेका छन् । चितवन–काठमाडौं प्रजातान्त्रिक संगमले आज काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले सबैभन्दा ठूला मिटरब्याजी बैंकहरू भएको आरोप लगाएका हुन् ।
“आर्थिक रूपले सबैचिज अप्ठ्यारो परिस्थितिबाट गइरहेको छ । तर बैंक फस्टाइरहेको र बोनस बाँडिरहेको छ, कसरी हुन्छ यो ?,” देश आर्थिक मन्दीमा रहँदा पनि बैंक प्रभावित नभएको भन्दै उनले अगाडि थपे, “मैले त भन्ने गरेको छु, सबभन्दा ठूलो मिटरब्याजी बैंकहरू भए । त्यसैले बैंकर्सहरू मसँग रिसाउनु पनि भएको छ ।”
सरकारले कृषिमा पाँच प्रतिशतमा ऋण दिने निर्णय गरे पनि बैंकहरूले नदिने गरेको उनको भनाइ छ । किसान १०/२० लाख ऋण लिन जाँदा नदिने तर अर्बपतिले म कृषिमा लगानी गर्छु भनेर गए बैंकले तुरुन्तै दिने गरेको उनको भनाइ छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend