Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गोठमा आगलागी हुँदा जलेर बालककाे मृत्यु


    शनिबार, मंसिर २३ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सोलुखुम्ब। सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–२ फुङ्बुचेको एक गोठमा आगलागी हुँदा ४ वर्षीय बालकको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुदुधकुण्ड नगरपालिका ४ सुर्केका सोमम शेर्पाका छोरा अन्दाजी वर्ष ४ का पासाङ शेर्पा रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक रामचन्द्र शाहका अनुसार गत बिहीवार सोलुदुधकुण्ड नगरपालिका–२ फुङबुचेका दाछिरी शेर्पाको नाकगोठमा आगलागी हुँदा दाछिरीको भान्जा पर्ने पासाङको गोठमा जलेर ज्यान गएको हो ।

    बिहीवार साँझ गोठमा आगो बालेर बालककी आमा मपुङ घरतर्फ गएको र मामा दाछिरी चौरी लिन जङ्गल गएको अवस्थामा आगलागी भएको प्रहरी निरीक्षक शाहले बताए ।

    आगोले जलेर चिन्न नसक्ने अवस्थामा फेला परेको बालकको शव पोष्टमार्टम पश्चात आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार