Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • परराष्ट्रमन्त्री साउद कतार गए , विपिन जोशीलाई बन्धकमुक्त गर्न पहल गर्ने


    शनिबार, मंसिर २३ २०८०
    2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। परराष्ट्रमन्त्री एनपी साउद आज बिहान कतार गएका छन्।

    दोह २१ औं सम्मेलनमा भाग लिन मन्त्री साउद बिहान पौने ८ बजे कतार एयरलाइन्सको उडानबाट त्यसतर्फ प्रस्थान गरेको मन्त्री साउदका स्वकीय सचिव दिपक जोशीले जानकारी दिए।

    परराष्ट्रमन्त्री साउद शनिबार बिहान ७:४५ बजे कतार एयरलाइन्सको विमानबाट दोहा गएका हुन्।

    परराष्ट्रमन्त्री साउद आइतबारदेखि कतारमा सुरु हुने दोहा २१ औँ फोरममा सहभागी हुनेछन्। त्यहाँ हुने उच्चस्तरीय भेटमा हमासको बन्धकमा रहेका विपिन जोशीको रिहाइको विषय गम्भीरताका साथ उठाउने मन्त्री साउदको सचिवालयले जनाएको छ।

    कतारमा उनले समकक्षीसँगै विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखारीसँग विपिनका बारेमा कुराकानी गर्ने कार्यतालिका तय भएको छ।

    मन्त्री साउदले यसअघि मंसिर ८ गते राज्यमन्त्री मुखारीसँग परराष्ट्र मन्त्रालयमा भएको भेटमा पनि जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए।

    यस्तै उनले मंसिर ७ गते इजरायलका राजदूत हनान गोडरलाई मन्त्रालयमा बोलाएर जोशीको रिहाइका बारेमा कुरा गरेका थिए।

    परराष्ट्रमन्त्री साउदले शुक्रवारमात्रै विपिनको रिहाइका विषयमा इजरायल सरकारका बन्दी तथा वेपत्ता व्यक्तिहरुका विषयमा हेर्ने संयोजक गल हर्चसँग कुराकानी गरेका थिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार