Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भस्मे डन मात्र चिन्थेँ : वर्षा राउत


    शुक्रबार, असार १३ २०७६
    715
    Shares
  • २ मिनेट पाठ
  • विपिनलाई मैलेभन्दा पनि दर्शकले भर्सटाइल भनेर चिनिसके । हरेक फिल्ममा नयाँ गर्नुहुन्छ । मैले त सुरुमा ‘भस्मे डन’ भनेर चिनेकी थिएँ । विपिन भनेर चिनेकै थिइनँ । पछि जात्रा गर्दा भने हामी साथी भयौँ । सुरुमा रिजर्भ हुनुहुन्थ्यो । पछि चाहिँ नर्मल हुनुभयो । 

     मैले सुरुमा ‘भस्मे डन’ भनेर चिनेकी थिएँ । विपिन भनेर चिनेकै थिइनँ । पछि जात्रा गर्दा भने हामी साथी भयौँ ।

    हामी कलाकारले एउटा पात्रलाई छाडेर अर्कोलाई समात्नुपर्ने हुन्छ । अर्को पात्रमा बाँच्नुपर्ने हुन्छ । त्यो बाँच्न सक्ने क्षमता विपिन कार्कीसँग छ । व्यक्तिगत रूपमा रिजर्भ भए पनि उहाँ मन मिलेको मान्छेसँग भने मजाले खुल्नुहुन्छ । उहाँलाई खुल्न समय लाग्छ । विपिनको शक्ति भनेको कामप्रतिको समर्पण हो । कामप्रतिको समर्पणले गर्दा नै दर्शकको माया पाइरहनुभएको छ ।

    अभिनय त अरूले पनि गर्छन्, तर उहाँको समर्पण गज्जबको छ । विपिनले सुधार गर्नुपर्ने कुरा खासै केही छैन । सबै राम्रै छ । अहिले विपिनसँग काम गरिहाल्ने कुरा फाइनल त भइसकेको छैन । हामी कलाकार हौँ, फेरि काम गर्न सकिन्छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार