Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • पोखरामा ओलीलाई कालोझण्डा


    शुक्रबार, मंसिर २२ २०८०
    745
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पोखरा। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पोखराको बेगनासताल नजिकमा कालोझण्डा देखाइएको छ । बेगनासताल नजिक उनलाई त्यहाँका युवाहरुले कालोझण्डा देखाएर यात्राको विरोध जनाएका हुन् ।

    आफ्नो घर छेउमा बाटो स्तरोन्नती नभएको आरोप युवाहरुले लगाएका छन् । ‘हाम्रो ठाउँको बाटो किन बनेन भनेर सोध्न नपाउने हुन्छ ? बाटो हिँड्नै नहुने भैसक्यो । घरसम्म धुलो आइपुग्छ,’ स्थानीय सुरेश लामिछानेले भने, ‘बोल्दा मात्रै समृद्धि हो । फिल्डमा समृद्धि कहिले आउँछ ?’ उनी सहित युवाहरुले कालोझण्डा देखाउँदा ओलीसँगै यात्रा गरेका सदस्यहरुले रोकेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार