Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • भिजिविलिटी कम भएपछि आन्तरिक उडान प्रभावित


    शुक्रबार, मंसिर २२ २०८०
    840
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। जाडोयाम सुरु भएसंगै हुस्सुले भिजिविलिटी (पारदर्शिता) कम भएपछि आन्तरिकतर्फको हवाई उडान प्रभावित भएको छ । जहाज उडानका लागि आवश्यक पर्ने भिजिविलिटि हुँदा विहानैदेखि देशका ४ वटा विमानस्थलको उडान प्रभावित भएको छ ।

    पोखरा, विराटनगर, भैरहवा र जनकपुरमा कम भिजिविलिटीका कारण उडान प्रभावित भएको हो । जाडोको समयमा हुस्सु लाग्ने हुँदा जाडोयाम सुरु भएसंगै यी विमानस्थलमा हवाई उडान प्रभावित हुने गरेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो हुँदै गएपछि हुस्सरकुहिरो हटेर मौसम सफा हुने छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार