Nepal Face
  • मंगलबार, १८ कार्तिक २०८३
  • लकडाउन थप कडा, एक स्थानीय तहबाट अर्कोमा जान रोक 


    शनिबार, चैत्र २२ २०७६
    1.3K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, २२ चैत ।

     सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि हाल लगाइरहेको लकडाउन थप कडा बनाउने निर्णय गरेको छ । लकडाउन अहिले खुकुलो भएकाले थप कडा बनाउने निर्णय बैठकले गरेको छ ।

    कोरोना भाइरस फैलन थालेको निष्कर्षसहित सरकारलाई लकडाउन कडा पार्ने निर्णय गरेको हो । शनिबारमात्रै सुदूरपश्चिमका कैलाली र कन्चनपुरमा कोरोना संक्रमित ३ जना देखिएपछि सरकार थप गम्भीर बनेको हो ।

     शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले संक्रमण नयाँ चरणमा प्रवेश गरेको निष्कर्षसहित लकडाउन कडा पार्ने निर्णय गरेको  सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका छन् । 
    स्थानीय स्तरमा कोरोना देखिएका बागलुङ, कैलाली र कञ्चनपुरमा बाहिरबाट आएका र उनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको स्वास्थ्य परीक्षण तीव्र बनाउने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।

    हालसम्मको लकडाउन सफल भएको निष्कर्ष पनि सरकारले निकालेको छ । ११ गते पहिलोपटक लगाइएको लकडाउन १८ चैतपछि दोस्रोपटक थप भएको थियो । उक्त अवधि २५ चैतमा सकिँदैछ । लकडाउन थप्ने विषयमा सरकारले पुनः निर्णय गर्ने मन्त्री खतिवडाले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार