Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अमेरिका पठाइदिन्छु भन्दै ६४ लाख रुपैयाँ ठगी गर्ने पुरुष पक्राउ


    बिहिबार, मंसिर २१ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको टिकापुर घर भई हाल काठमाडौँ बस्ने २८ वर्षीय रमेश न्यौपाने रहेका छन् ।

    न्यौपानेले गणेश अधिकारीसमेत ५ जनालाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु, होटलमा काम लगाइदिन्छु भन्दै ६४ लाख ४५ हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन बनेका थिए । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार नयाँ बानेश्वरबाट पक्राउ गरेको थियो ।

    सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार न्यौपानेलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार