Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रतिवेदनमा नाम नराखेको भन्दै संसदका उपसचिवले महिला अधिकृतलाई गरे हातपात


    बिहिबार, मंसिर २१ २०८०
    855
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। संघीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले प्रतिवेदनमा आफ्नो नाम नराखेको भन्दै महिला शाखा अधिकृतमाथि हातपात गरेका छन्।

    उपसचिव गैरेले अधिकृत सिर्जना तण्डुकारमाथि झापड प्रहार गरेका हुन्।

    यो घटना मंगलबार बिहान पौने ११ बजेतिरको हो। ‘मंगलबार बिहान करिब पौने ११ बजेतिर उहाँ (रामप्रसाद) सम्पूर्ण विवरण शाखाभित्र छिरेर मैले गरेको काम बिगार्ने तैं होइनस् भनेर अधिकृत तण्डुकारमाथि एक झापड हानेर निस्कनुभयो,’ एक कर्मचारीले भने।

    आफूमाथि हातपात भएको भन्दै अधिकृत तण्डुकारले उपसभामुख इन्दिरा रानालाई जानकारी गराइसकेकी छन्।

    संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले यो घटनाबारे आफूले बुझिरहेको बताए। उक्त घटनापछि अधिकृत तण्डुकारको स्वास्थ्य परीक्षण गरिएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार