Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्कारपियोसहित धनगढीबाट २३ लाखको अवैध सामान बरामद


    बिहिबार, मंसिर २१ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धनगढी । प्रहरी सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा २३ लाख रूपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ ।

    वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जनकराज ढुंगाना नेतृत्वको टोलीले बुधबार धनगढी उपमहानगरपालिका-५ बल्मिकी बोर्डिङ स्कुल आगाडिबाट भारतबाट भन्सार छली गरि ल्याइएको खेलकुदका सामान, हार्वयर, स्टेशनरी तथा कपडा समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

    विशेष सूचनाका आधारमा चेकजाँचका क्रममा डडेल्धुराको गन्यापधुरा गाउँपालिका बस्ने ३५ वर्षीय राजु देउवाले चलाएको ग २ च १७७ नम्बरको स्कारपियो जिपमा अवैध सामान भेटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    स्कारपियोसहित भन्सार छली गरेर ल्याइएको २३ लाख ८ हजार ५ सय २० रूपैयाँ बराबरको सामान आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार