काठमाडौं । चौधरी फाउण्डेशनका उपाध्यक्ष तथा सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले एनसेलको शेयर खरिदविक्रीमा भएको चलखेलका विषयले टेलिकम क्षेत्रका माफिया र संगठनलाई नेपाली जनताले चिन्ने मौका पाएकोबताएका छन् ।
अहिले एनसेलले आफ्नो शेयर विक्री गर्दा चलखेल गरेको भन्दै चौतर्फी चर्को आलोचना भइरहेको छ।
सो क्रममा सीजी टेलिकमविरुद्धको षड्यन्त्रबारे लामो समयपछि मुख खोल्दै चौधरीले नेपालमा १० वर्षदेखि नेपाली लगानीका टेलिकमलाई स्थापित हुनबाट रोक्ने गिरोह नै एनसेल काण्डमा संलग्न रहेको दाबी गरेका छन् ।
सीजी टेलिकमले उपभोक्तालाई भ्वाइस र एसएमएस निःशुल्क दिएर डाटामा ५० प्रतिशत सस्तो उपलब्ध गराउने वाचा गर्न पनि नेपाली कम्पनीलाई स्वीकृति नदिइएको बताएका छन् ।
चौधरीले आफ्नो वक्तव्यमा भनेका छन्, ‘नेपाली जनताले टेलिकम क्षेत्रका माफिया र संगठनलाई चिन्न पाएका छन् । सीजी टेलिकमले उपभोक्तालाई भ्वाईस र एसएमएस निःशुल्क उपलब्ध गराउने र ५० प्रतिशत सस्तोमा डाटा उपलब्ध गराउने वाचा गर्दा पनि किन नेपाली कम्पनीलाई स्विकृती दिइएन भन्ने कुराको अब पटाक्षेप हुदैछ । हेर्दै जाऔँ, अरु के के देख्न पाइने हो । एनसेल काण्डमा तिनै पात्रहरू संलग्न छन् जसले १० वर्षदेखि नेपाली टेलिकमलाई नेपालमा स्थापित हुन दिएनन् । आज जे भएको छ यहि गर्नका लागि सीजी टेलिकमलाई यिनीहरू सबै मिलेर रोकेका हुन् ।’
आज एनसेलको विदेशी शेयर कौडीको भाउमा किनबेच भइरहेको प्रकरणलाई लक्षित गर्दै चौधरीले यही गर्नका लागि सीजी टेलिकमलाई सबै मिलेर रोकेको आरोप लगाएका छन् । उनले देशमा अहिले तँ कुटेजस्तो गर्, म राएजस्तो गर्छु नामको सिनेमा चलिरहेको टिप्पणी समेत गरेका छन् ।

काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend