Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • क्यासिनोमा नेपालीलाई भारतीय बनाएर प्रवेश गराउने तीन जना समातिए


    बुधबार, मंसिर २० २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। क्यासिनोमा नेपालीलाई भारतीय बनाएर प्रवेश गराउने तीन जना समातिएका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा दोलखाको मेलुङ स्थायी घर भई काठमाडौंको बुढानिलकन्ठ बस्दै आएका ४७ वर्षीय गोविन्द खड्का, ओखलढुंगाको चिसंखुगढी स्थायी घर भई ललितपुरको नखिपोट बस्ने ३९ वर्षीय नविन राई र रुपन्देहीको तिलोत्तमा घर भई काठमाडौंको तारकेश्वर बस्ने २५ वर्षीय विनोद न्यौपाने रहेका छन्।

    नेपालीहरुलाई क्यासिनोमा प्रवेश गर्न प्रतिबन्ध छ। त्यसैले उनीहरु भारतीय आधार कार्ड देखाएर प्रवेश गर्ने गरेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार