Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणलाई रिहा गर्ने कि नगर्ने भनेर मंसिर २८ गते सुनुवाइ हुने


    बुधबार, मंसिर २० २०८०
    895
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने मुद्दामा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणको विषयमा उच्च अदालत पाटनमा मंसिर २८ गते सुनुवाइ हुने भएको छ ।

    उच्च अदालत पाटनका प्रवक्ता तीर्थ भट्टराईका अनुसार २८ गते एकल इजलासमा पेसी तोकिने भएको हो । यसअघि उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलबीच खाणलाई धरौटीमा रिहा गर्ने कि थुनामै राख्ने भन्नेमा राय बाझिएको थियो ।

    पाण्डेले खाणलाई ३० लाख धरौटीमा छाड्नुपर्छ र खरेलले थुनामै राख्नुपर्छ भन्ने राय दिएका थिए ।

    अब बालकृष्णको हकमा तेस्रो न्यायाधीशको एकल इजलासमा सुनुवाइ हुन लागेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार