Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विराटनगरमा आगलागीमा परेर घाइते भएका एक जनाको ज्यान गयो


    बुधबार, मंसिर २० २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। विराटनगरमा आज दिउँसो भएको आगलागीमा परेर घाइते भएका एक जनाको ज्यान गएको छ।

    यहाँको सातघुम्ती चोकमा रहेको एउटा कवाडी गोदाममा भएको आगलागीमा परेर घाइते भएका ३० वर्षीय दिपक मण्डलको मृत्यु भएको हो। विराटनगर ७ का उनको न्यूरो अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो।

    ‘दीपक मण्डलको मृत्यु भएको छ, न्यूरोमा उपचार गराइरहेका थप तीन जना पनि गम्भीर घाइते छन्’, मोरङ प्रहरी प्रवक्ता डिएसपी रन्जन दाहालले भने, ‘कोशीमा उपचार गराइरहेका एक जनाको अवस्था सामान्य छ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार