बुटवल। पश्चिम नवलपरासीको एक निजी विद्यालयका शिक्षकले एक छात्रालाई विद्यालय नआएको भन्दै घरमै गएर निर्घात कुटपिट गरेका छन् । सरावल गाउँपालिका वडा नम्बर ७ स्थित बर्दघाट कालिका इंग्लिस स्कूलमा अध्ययनरत ९ वर्षीया बालिकालाई विद्यालयका शिक्षक निरञ्जन यादवले बुधवार कुटपिट गरेका हुन् ।
कक्षा– १ मा अध्ययनरत कञ्चना राजभरलाई यादवले लठ्ठीले पिटेर घाइते बनाएका छन् । बालिकाको शरीरभरी नीलडाम बसेको छ ।
उक्त घटनापछि आक्रोशित भएका स्थानीयले विद्यालयमा तालाबन्दी गरेको वडा नम्बर ७ का वडाध्यक्ष हायात खाँ धुनियाँले बताए ।
शिक्षक यादवले पटक–पटक विद्यालयमा बालबालिकालाई कुटपिट गर्दै आएको भन्दै उनलाई विद्यालयबाट तुरुन्त बर्खास्त र कानूनी कारबाही गर्न अभिभावकले माग गरेका छन् ।
‘शिक्षक यादवले मेरी छोरीलाई विद्यालय नआएको भन्दै घरमै आएर कुटपिट गरे । विद्यालय गएपछि पनि उस्तै पिटे,’ कञ्चनाकी आमा गञ्जला राजभरले भनिन् ।
यसैबीच, पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, नवलपरासीमा उजुरी दिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक काजीकुमार आचार्यले कुटपिट गर्नेविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउने बताए ।
ती बालिकालाई निर्घात कुटपिट गर्ने शिक्षक भने हाल फरार रहेका छन् ।
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend