Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खुला प्रतिस्पर्धाका आधारमा ग्राउन्ड ह्यान्डलिङ दिने प्राधिकरणको निर्णयविरुद्ध निगमका कर्मचारी आन्दोलित


    बुधबार, मंसिर २० २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल वायुसेवा निगमका कर्मचारीले खुला प्रतिस्पर्धाका आधारमा ग्राउन्ड ह्यान्डलिङ दिने निर्णयको विरोधमा बुधबारदेखि आन्दोलन सुरु गरेका छन् । निगमका कर्मचारी तथा संयुक्त ट्रेड युनियनहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ खुला प्रतिस्पर्धाका आधारमा नभएर स्वतः निगमले पाउनुपर्ने माग राख्दै आन्दोलन सुरु गरेका हुन् ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ खुला प्रतिस्पर्धाबाट दिने निर्णय गरेसँगै ग्राउन्ड ह्यान्डलिङ वायुसेवा निगमले नै पाउनुपर्ने उनीहरूले माग राखेका हुन् ।

    वार्षिक चार अर्ब रुपैयाँ आम्दानी हुँदै आएको ग्राउन्ड ह्यान्डलिङ सेवा निगमले पाउनुपर्ने भन्दै निगमका कर्मचारीले विरोध गरेका हुन् । उनीहरूले प्राधिकरणबाट अडिटका लागि आउने प्राविधिकलाई रोक्ने चेतावनी दिएका छन् ।

    युरोपेली युनियन(ईयू)ले दिएको प्रतिवेदनका आधारमा प्राधिकरणले बुधबार (आज)देखि तीन दिन विस्तृत अडिट गर्ने तयारी गरेको भन्दै निगमका कर्मचारीहरूले अडिट गर्न आउने प्राधिकरणका कर्मचारीलाई निगममा छिर्न नदिने तयारी गरेको बताएका छन् ।

    नेपाल राष्ट्रिय कर्मचारी संगठनका उपाध्यक्ष तथा निगमका वरिष्ठ अधिकृत रमेशकुमार पाण्डेले प्राधिकरणले ईयूले दिएको प्रतिवेदनका आधारमा नेपाल वायुसेवा निगमको कारण कालोसूचीबाट नहटेको आरोप लगाउँदै ग्राउन्ड ह्यान्डलिङ निगमबाट खोस्ने उद्धेश्यले प्राधिकरणका डीजीले गरेको निर्णयविरुद्ध आन्दोलन सुरुआत गरिएको बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार