काठमाडौँ। नवलपरासी (वर्दघाट-सुस्ता पश्चिम)प्रहरीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पल्हिनन्दन गाउँपालिका- ४ लोहरौलीका २१ वर्षीय सागर गुप्ता छन्।
आज बिहान ७ बजे पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-४ केरवानीमा नियमित चेकजाँचमा प्रहरी नायब निरीक्षक विष्णुराज तिमल्सेनाको कमान्डमा टोली खटिएको थियो।
७:१० बजेतिर दक्षिणतर्फबाट आएको लु ६४ प ३७८७ नम्बरको मोटरसाइकललाई रोक्न खोज्दा मोटरसाइकलमा सवार तीन जनामध्ये २ जना भागेका थिए।
भाग्न नभ्याएका सागर गुप्तालाई नियन्त्रणमा लिइ उनले बोकेको कालो झोला खानतलासी गर्दा लागुऔषध बुप्रेनोर्फाइन १९६ एम्पुल, डाइजेपाम १९८ एम्पुल, फेनेर्गन १९८ एम्पुल र हेरोइनजस्तो देखिने खैरो पदार्थ १२ ग्राम बरामद भएको पश्चिम नवलपरासीका प्रहरी प्रवक्ता डिएसपी रेशम बोहराले जानकारी दिए।
पक्राउ परेका गुप्तालाई जिल्ला प्रहरी कार्यालय राखिएको र फरार रहेका दुई जनाको खोजी भइरहेको प्रहरीको भनाइ छ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend