काठमाडौं । बेलायतमा दर्ता गरेको सतिशसाल आचार्यको र स्पेक्ट्रलाइट यूके लिमिटेडले ६ अर्ब रुपैयाँमा एनसेल खरिद गरेको बिषय चौतर्फी बहस भइरहेको छ ।
एनसेलमा विदेशी कम्पनीको ५० प्रतिशत भन्दा कम लगानी भएको देखाएर सरकारको स्वामित्वमा जान नदिने चलखेलमा सतिशलाल आचार्य थिए । त्यसै रणनीति अन्तर्गत आजियाटा कम्पनीबाट ६ अर्बमा खरिद गरेको देखाई २०८५ मा एनसेललाई सरकारको स्वामित्वमा जानबाट रोक्ने खेलमा आचार्य छन् ।
चन्द्र ढकालको ग्लोबल आईएमई बैंकमा ४० अर्ब ऋण रहेको एनसेल ६ अर्बमा बिक्री गर्ने कुरा विश्वसनीय हुनै नसक्ने भन्दै चौतर्फी बिरोध भइरहेको छ ।
सरकारमा रहेका पार्टीहरुले पनि एनसेल बिक्रीको बिषयलाई गम्भीर रुपमा लिएको छन् । एनसेलको खरिद अपारदर्शी देखिएको सत्ता गठबन्धनले ठहर गरेको छ । एमाले औपचारिक रुपमा बोलेको छैन । एमाले निकट अनेरास्ववियुले एनसेल कौडीको मूल्यमा बिक्री गरेको बिषयलाई लिएर सडकमा प्रदर्शन भने गरेको छ ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि मुख खोलेको छ । रास्वपाका अध्यक्ष रवि लामिछानेले टेलियासोनेराले आजियाटालाई एनसेल बिक्री गर्दा भएको लाभकर छलीको छानबिन गर्न चुनौती दिएका छन् । उनले लाभकर नतिर्न एनसेलबाट कुन कुन नेताले कति खाए छानबिन गर्न तयार हुने हो भन्ने प्रश्न गरेका छन् ।
लामिछानेले लेखेका छन्–‘एनसेल स्पाइस नेपालको नाममा अहिलेको एनसेल जन्मँदादेखि नै चलखेल थियो । टेलियासोनेराले बेचेर मलेसियाली कम्पनीले किन्दा नियमानुसारको ट्याक्स तिर्न नपर्ने आश्वासनका नाममा कुन कुन दलका कुन कुन नेताले कति कति रकम खाए, कुन कुन निकायका दैला दैलामा बाँडे र पचाए, खुला छानबिन गर्न तयार हुने हो ??’
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend