Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेटौंडाबाट ५ किलो चाँदीसहित तीन जना पक्राउ


    मंगलबार, मंसिर १९ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • हेटौंडा। हेटौंडा उपमहानगरपालिका-१५ स्थित प्रहरीको सुरक्षा पोष्टबा ५ किलो चाँदीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा चितवनको खैरहनी नगरपालिका–३ का ३२ वर्षीय राम भट्ट, भरतपुर महानगरपालिका–२९ का २७ वर्षीय मिनबहादुर गुरुङ र भारत महाराष्ट्रका २४ वर्षीय विजय मारुती छन् ।

    सोमबार प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बा १२ च ७१४० नम्बरको कारलाई सुरक्षा जाँच गर्दा कारको पछाडी लुकाई ल्याएको ५ किलो चाँदीसहित उनीहरुलाई पक्राउ गरेको वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

    चाँदी, कार र तीनै जनालाई जिल्ला प्रहरी कार्यालय लगिएको छ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार