Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकीकृत समाजवादीको महाधिवेशन जेठ ३ देखि ७ सम्म


    मंगलबार, मंसिर १९ २०८०
    805
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को राष्ट्रिय महाधिवेशनको नयाँ मिति तय भएको छ ।

    आज मंगलबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकबाट आउँदो जेठ ३ देखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरिएको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

    महाधिवेशन काठमाडौंमा गरिनेछ । यसअघि, माघको १४–१८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरिएको थियो ।

    त्यस्तै, मंसिरको २८ र २९ गते सचिवालय बैठक बस्नेछ ।

    आगामी पुसको ९ गते स्थायी, पुस १० गते पोलिट्ब्युरो, पुस ११ र १२ गते केन्द्रीय कमिटी बैठक बस्ने उनले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार