Nepal Face
  • मंगलबार, १८ कार्तिक २०८३
  • षडयन्त्रपूर्ण र नियोजित समाचारबाट समाज नै भ्रमित हुने अवस्था सिर्जना भयोः मुख्यमन्त्री पोखरेल


    शनिबार, चैत्र २२ २०७६
    1.6K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सरकारबिरुद्ध केही पत्रिका र अनलाइनहरु नियोजित र षडयन्त्रपूर्ण ढंगबाट कुप्रचारमा लागेको निष्कर्षमा पुगेका छन् ।

    सामाजिक संजाल फेसबुकमा मुख्यमन्त्री पोखरेलले लेखेका छन्–दासढुंगा हत्याकाण्डको केही समयपछि तत्कालीन समयमा प्रकाशित हुने जनधारणा साप्ताहिकमा उक्त हत्याकाण्डको रहस्य उजागर गर्ने नाममा काल्पनिक कथा रचेर तत्कालिक एमाले नेतृत्वलाई बदनामग र्ने नियोजित षडयन्त्र रचिएको थियो । पछि त्यस नियोजित षडयन्त्रको पटाक्षेप भयो र पत्रिकाको पनि अवसान भयो । 

    यतिबेला कतिपय पत्रिका र अनलाइनहरुका नियोजित समाचारहरुको श्रृंखला हेर्दा सरकारविरुद्ध त्यही फर्मुलाको प्रयोग हुँदैछ जस्तो देखिन्छ । कुनै पनि कामका सन्दर्भमा जोडिएर उठेका प्रश्न र आशंकाको जवाफ जिम्मेवार व्यक्तिहरुले दिनु नै पर्दछ । तर षडयन्त्रपूर्ण र नियोजित समाचारहरुबाट समाज नै भ्रमित हुने अवस्था सिर्जना भयो भने त्यो राष्ट्रका लागि ठूलो दुर्भाग्य हुन्छ । आशंका  र भ्रम निवारण गरौ, कमजोरी छन् भने सुधार गरौ । तर नियोजित र षडयन्त्रपूर्ण ढंगले सिर्जित कथामा आधारित कुप्रचारवाट आफू पनि जोगियांै र समाजलाई पनि त्यसको कुप्रभाववाट जोगाऔं ।

    अन्यथा यस प्रकारको नियोजित कूप्रचारको प्रभावले कोरोनाका विरुद्धको हाम्रो संघर्ष समेत प्रभावित हुने खतरा देखिंदैछ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार