Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राज्यविरुद्धको कसुरमा विप्लवविरुद्ध पक्राउ पुर्जी जारी भएपछि नेकपाद्वारा आन्दोलन घोषणा


    मंगलबार, मंसिर १९ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ लगायत पार्टीका शीर्ष नेताहरु विरुद्ध जिल्ला अदालत काठमाडौँले पक्राउ पुर्जी जारी गरेको विराधेमा उक्त पार्टीले आन्दोलन घोषणा गरेको छ ।

    सरकारसँग भएको सम्झौताविपरीत विप्लवविरुद्ध पक्राउ पुर्जी जारी गरेको भन्दै नेकपाले आन्दोलन घोषणा गरेको हो ।

    आन्दोलन अनुसार आज मसाल जुलुस प्रदर्शन गर्ने, भोलि न्यायाधीशको पुत्ला जलाउने र २१ गते २ बजे देशव्यापी जनप्रदर्शन गर्ने कार्यक्रम तय भएको छ ।

    जिल्ला अदालत काठमाडौंले विप्लवसहित सो पार्टीका नेताहरू खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, माइला लामा तथा राजु कार्कीविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ ।

    अदालतको सूचनाअनुसार उनीहरूविरुद्ध राज्यविरुद्धको कसुरमा पक्राउ पुर्जी जारी भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार