वीरगञ्ज। लागूऔषध खैरो हिरोइनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
स्कुटीमा लिएर आएको उक्त लागूऔषध खैरो हिरोइनसहित ती दुई जनालाई वीरगञ्जतर्फ आउँदै गर्दा प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मकवानपुर हेटौडा उपमहानगरपालिका–१ बस्ने वर्ष २४ को समिप श्रेष्ठ र पछाडि सवार सोही स्थानका बर्ष २८ को सुवास पौडेल रहेका छन् ।
रक्सौलबाट वीरगञ्जतर्फ ना.३० प ७७४६ नम्बरको स्कुटीमा आउँदै गरेको दुबै जनालाई चेकजाँच गर्नेक्रममा खैरो हिरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पौडेलले लगाएको हुडीभित्र बाँया हाँतको भागमा लुकाइछिपाइ राखिएको लागुऔषध खैरो हिरोईन ०.६२० मिलिग्राम बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता एवम् डिएसपी कुमारबिक्रम थापाले जानकारी दिए ।
यस्तै प्लाष्टिकको झोलाभित्र प्रतिबन्धित लागूऔषध नाईट्राजेपाम नाइजा एक्यान ७० ट्याबलेटसहित प्रहरीले वीरगञ्ज–१६ रजतजयन्ती चोकबाट मकवानपुर हेटौडा उपमहानगरपालिका–१४ मयूरधाप बस्ने वर्ष २८ को साजन पौडेललाई पक्राउ गरेको छ ।
तीनैजनालाई लागूऔषध समबन्धि कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend