Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीलाई फोन गरेर अनुराधाले भनिन् – मानव बेचबिखनविरुद्धको मुद्दा पनि उठाइदिनुस्


    सोमबार, मंसिर १८ २०८०
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानमा रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले फोन गरेकी छन् । पूर्वप्रदेश प्रमुख रहेकी कोइरालाले आइतबार साँझ ओलीलाई फोन गरेर अभियानको क्रममा मानव बेचबिखनविरुद्धको मुद्दा उठाइदिन आग्रह गरेकी हुन् ।

    उक्त फोनमा ओलीलाई कोइरालाले मध्यपहाडी धेरैले बिर्सेको ठाउँमा अभियान चलाएको भन्दै आभार व्यक्त गरिन् ।

    ओली अहिले ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ को क्रममा दैलेखमा छन् । मानव बेचबिखनको सबैभन्दा जोखिम दैलेख भएकाले त्यहाँका जनतालाई सचेतनाको लागि सन्देश अभियानमार्फत् दिन ओलीलाई आग्रह गरिन् ।

    ओलीलाई कोइरालाले फोनमा भनिन्, ‘तपाईं दैलेखमा पुग्नुभएको रहेछ । दैलेख मानव बेचबिखनको सबैभन्दा जोखिम जिल्ला हो । त्यहाँका युवती र बालिकाहरूलाई नेपालगञ्ज ट्रान्जिट बनाएर काठमाडौं ल्याउने गरेका छन् ।’

    उनले एमालेजस्तो ठूलो पार्टीको अभियानमा बेचबिखनविरुद्ध जनचेतना जगाउन सके ठूलो म्यासेज जाने बताइन् । उनले राजनीतिकसँगै बेचबिखनविरुद्धको आवाज उठाइदिन आग्रह गरिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार