काठमाडौं । मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानमा रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले फोन गरेकी छन् । पूर्वप्रदेश प्रमुख रहेकी कोइरालाले आइतबार साँझ ओलीलाई फोन गरेर अभियानको क्रममा मानव बेचबिखनविरुद्धको मुद्दा उठाइदिन आग्रह गरेकी हुन् ।
उक्त फोनमा ओलीलाई कोइरालाले मध्यपहाडी धेरैले बिर्सेको ठाउँमा अभियान चलाएको भन्दै आभार व्यक्त गरिन् ।
ओली अहिले ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ को क्रममा दैलेखमा छन् । मानव बेचबिखनको सबैभन्दा जोखिम दैलेख भएकाले त्यहाँका जनतालाई सचेतनाको लागि सन्देश अभियानमार्फत् दिन ओलीलाई आग्रह गरिन् ।
ओलीलाई कोइरालाले फोनमा भनिन्, ‘तपाईं दैलेखमा पुग्नुभएको रहेछ । दैलेख मानव बेचबिखनको सबैभन्दा जोखिम जिल्ला हो । त्यहाँका युवती र बालिकाहरूलाई नेपालगञ्ज ट्रान्जिट बनाएर काठमाडौं ल्याउने गरेका छन् ।’
उनले एमालेजस्तो ठूलो पार्टीको अभियानमा बेचबिखनविरुद्ध जनचेतना जगाउन सके ठूलो म्यासेज जाने बताइन् । उनले राजनीतिकसँगै बेचबिखनविरुद्धको आवाज उठाइदिन आग्रह गरिन् ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend