Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हुम्लामा हिमपात, जनजीवन कष्टकर (फोटोफिचर)


    सोमबार, मंसिर १८ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। आज (सोमबार) बिहानदेखि हुम्ला जिल्लामा हिमपात भएको छ । हिमपातसँगै चिसो पनि अत्यन्तै बढेको छ। हिमपातपछि नेपालगन्ज र सुर्खेतबाट हुँदै आएका हवाई उडानसमेत प्रभावित भएका छन्।

    यस वर्षको पहिलो हिमपातले कृषकको मुहारमा खुसी छाएको छ। झन्डै एक फिटजति सदरमुकाम सिमकोटमा हिउँ जमेको छ। मंसिरमा छरेर जेठ महिनामा भित्र्याउने जेठासी बाली राम्रो हुने भएपछि कृषकको मुहारमा खुसी छाएको छ।

    उक्त हिमपातले उत्तरी नाम्खा गाउँपालिका- ६ को लिमी जाने न्यालुलेख बन्द भएको नाम्खा गाउँपालिका- ६ का वडाध्यक्ष पाल्जोर तामाङले बताए।
    अब थप हिमपात भएपछि लिमी आवतजावत गर्न कठिन हुने वडाध्यक्ष तामाङले गुनासो गरे । उत्तरी हिल्सानाका जाने नारालेख पनि हिउँले छोपेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार