Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गाजामा इजरायलको हवाई आक्रमण जारी, प्यालेस्टाइनी नागरिकहरुको बिचल्ली


    सोमबार, मंसिर १८ २०८०
    1.5K
    Shares
    (231203) -- SDEROT, Dec. 3, 2023 (Xinhua) -- Smoke rises from the northern Gaza Strip, as seen from southern Israel bordering with Gaza, Dec. 2, 2023. Israeli Prime Minister Benjamin Netanyahu said on Saturday that freeing hostages in Gaza would be "impossible" without continuing Israel's deadly ground operation, after pulling his team from talks in Qatar on a ceasefire with Hamas. (Ilan Assayag/JINI via Xinhua)
    नेपाल फेस
  • २ मिनेट पाठ
  • एजेन्सी। हमासको स्वास्थ्य मन्त्रालयले युद्धविराम अन्त्यपछि इजरायलले आइतबार युद्धग्रस्त गाजा पट्टीका विभिन्न क्षेत्रमा नयाँ हवाई आक्रमण गर्दा दर्जनौंको मृत्यु भएको बताएको छ । साथै सयौँ मानिस घाइते भएको बताएको छ ।

    इजरायली हवाई हमलाले उत्तरी पट्टीको जबलिया क्याम्पमा रहेको एक आवासीय भवनलाई निशाना बनाइ आक्रमण गरेको थियो । पछिल्लो केही घण्टामा ३७ जनाको मृत्यु भएको बताइएको छ ।

    यसैबीच, गाजा शहरको उत्तरमा रहेको अबु एस्कन्दर क्षेत्रमा रहेको एउटा घरलाई निशाना बनाएर इजरायली बमबारीमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् ।

    यसबाहेक प्यालेस्टाइन सिभिल डिफेन्स सर्भिसले गाजा शहरको पूर्वमा रहेको याफा स्ट्रिटमा इजरायली युद्धक विमानहरूले ध्वस्त पारेका घरहरूमा कैयौं मानिस मारिएको र घाइते भएको बताएको छ ।

    नागरिक रक्षा सेवाका प्रवक्ता महमूद बसालले हालैका घण्टाहरूमा इजरायली हवाई आक्रमणका कारण ८४ जनाको मृत्यु गाजाको अल–मुमालत अस्पतालमा लगिएको जानकारी दिए ।

    सरकारको मिडिया कार्यालयका निर्देशक इस्माइल अल–थवाबतेहले आइतबार गाजामा पछिल्लो २४ घण्टामा ७ सयभन्दा बढी प्यालेस्टाइनी नागरिक मारिएका बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार