न्युयोर्क । संयुक्त राष्ट्रसंघको महासभामा इजरायल–हमास युद्ध रोक्ने प्रस्ताव पारित भएको छ जसमा शत्रुताको अन्त्य गर्न तत्काल दिगो मानवीय युद्धविरामको आह्वान गरिएको छ । यसदिनसम्म इजरायल र हमासबीच भइरहेको युद्ध २२ औं दिनमा पुगेको छ ।
यो प्रस्तावको पक्षमा नेपालको सहित १२० मत परेको थियो भने विपक्षमा १४ देशले मतदान गरेका थिए । भारतसहित ४५ देशले मतदान गरेनन् । इजरायलले यो प्रस्तावको विपक्षमा मतदान गर्यो।
न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको बैठकमा इजरायलका राजदूत गिलाड एर्डनले हमासलाई यस्तो अत्याचार गर्न दिएर आफू चुप लागेर नबस्ने बताए । उनले भने, ‘इजरायललाई आफ्नो रक्षा गर्ने अधिकार छ । यो अधिकार प्राप्ति भनेको त्यस्ता अत्याचारहरू कहिल्यै दोहोरिन नपरोस् भन्ने सुनिश्चित गर्नु हो र यो तब मात्र सुनिश्चित हुनेछ जब हमास पूर्ण रूपमा समाप्त हुन्छ,’ उनले भने ।
उता इजरायली सेनाले शुक्रबार राति गाजामा हवाई आक्रमणलाई तीव्र पारेको छ । स्थलगत परिचालन पनि बढाइएको छ। आक्रमणका कारण गाजा क्षेत्रमा सञ्चार अवरुद्ध भएको छ भने इन्टरनेट पनि बन्द गरिएको छ । करिब २३ लाख मानिस संसारबाट सम्पर्कविच्छेद भएका छन् ।
यसैबिच, सेनालाई उद्धृत गर्दै इजरायली मिडिया क्यानले हमासको बन्दीमा २ सयभन्दा बढी बन्धक रहेको बताएको छ ।

एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend