Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इजरायल-हमास युद्धमा अहिलेसम्म २१०० जनाको ज्यान गयो


    बुधबार, असोज २४ २०८०
    1.6K
    Shares
    05 May 2019, Palestinian Territories, Gaza City: An explosion goes off in a building targeted by an Israeli airstrike. Photo: Ibrahim Khalaf/APA Images via ZUMA Wire/dpa
    नेपाल फेस
  • १ मिनेट पाठ
  • एजेन्सी। गत शनिबार गाजाको अतिवादी इस्लामिस्ट समूह हमासले अचानक इजरायलमाथि आक्रमण गरेपछि सुरू भएको इजरायल-हमास युद्धमा अहिलेसम्म २१०० मानिसको ज्यान गएको छ।

    बिबिसीका अनुसार हमासले गरेको आक्रमणमा इजरायलमा १२ सय जनाको मृत्यु भएको छ भने गाजा ९ सय जना मानिस मारिएका छन्।

    इजरायलमा मृत्यु हुनेमा १० जना नेपालीसहित अरू धेरै मुलुकका विदेशी नागरिक पनि छन्।

    द न्युयोर्क टाइम्सका अनुसार हमासका लडाकुहरू इजरायलमा पसेर विभिन्न गाउँमा नरसंहार मच्चाएका थिए। इजरायलले गरेको जवाफी कारबाहीमा गाजामा पनि हमास लडाकुसँगै धेरै सर्वसाधारणको मृत्यु भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार