Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धनुषामा एक महिलाको शव फेला


    सोमबार, मंसिर १८ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । धनुषामा एक महिलाको शव फेला परेको छ । मिथिला नगरपालिका–५ स्थित औरही खोलाको पश्चिम किनारमा अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको हो ।

    आइतबार अपराह्न ५ बजेतिर स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव सड्ने अवस्थामा पुगिसकेकाले २/३ दिनअघि मृत्यु भएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।

    मृतक महिलाको अहिलेसम्म पहिचान खुलेको छैन । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार