काठमाडौँ। प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दो भएको टिप्पणी गरेका छन्।
अछामको विनायकमा आइतबार पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले मानिसमाथि आक्रमण र हत्या गरी चुनाव जित्ने कुरा घिनलाग्दो भएको बताए।
आफू सरकारमा रहँदा यस्ता कुरालाई हतोत्साही गरेको उनको भनाइ थियो। तर अहिलेको सरकारले हत्याराहरुलाई माफी दिने, मुद्दा चलाउन नमान्ने, चलाइहाले मुद्दा फिर्ता लिने, अदालतले सर्वश्वसहित जन्मकैद गरे तुरुन्त मुद्दा फिर्ता लिने गरेको उनले बताए।
‘०७९ जेठ १७ गते विनोद शाहजस्ता होनहार युवाको जसरी हत्या भयो, त्यसको म विरोध गर्न चाहन्छु। अत्यन्तै घिनलाग्दो कुरा हो, मानिसको हत्या गर्नु, मानिसमाथि आक्रमण गर्नु, हत्याको संस्कृति आफूजस्तै मान्छेलाई मारेर एउटा मान्छे मारेर चुनाव जित्ने भनेको घिनलाग्दो कुरा हो,’ ओलीले भने, ‘यो कुरा हामीमाथि पनि र संसदमा पनि भनिरहेका छौं। सरकारमा हुँदा पनि यस्ता कुरालाई हतोत्साही गरेका छौं।’
आफू सरकारबाट हटेपछि विभिन्न हत्या, हिंसाका सिलसिला सुरू भएको उनले बताए।
‘अहिलेको सरकारले हत्यारालाई माफी दिने, मुद्दा चलाउन नमान्ने, चलाइहाले मुद्दा फिर्ता लिने, अदालतले सर्वश्वसहित जन्मकैद गरे तुरुन्त मुद्दा फिर्ता लिने, धमाधम अदालतले त्यस्ता मुद्दा फिर्ता लिन पाउँदैनौं, सजाय हुनुपर्छ भनेर फेरि जेलमा हालेको छ। म विनोद शाहीलाई शहीदको रुपमा घोषणा गर्दछु,’ उनले भने।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend