Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • विश्वास गर्नुस्, हामी अरु पार्टी जस्तो हुँदै होइनौं: रवि लामिछाने


    आइतबार, मंसिर १७ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । मलेसिया भ्रमणमा गएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना पार्टीहरुभन्दा आफ्नो पार्टी फरक रहेको जिकिर गरेका छन् । उनले मलेसियामा नेपाली समुदायलाई आज सम्बोधन गर्दै रास्वपाका सांसदहरुले नै संसदको गरिमा जोगाइरहेको दाबी गरे ।

    हालै रास्वपाले आफ्नो विधानसमेत मिचेर पदाधिकारीहरु मनोनयन गरेको विषयमा चर्को आलोचना भएको थियो । रविले आवश्यकताका आधारमा विधान संशोधन गरिएको भन्दै उनले पार्टी निर्णयको बचाउ गरे ।

    लामिछानेले भने, ‘हिजो सुरुवातका दिनमा थोरै साथीहरु बसेर विधानलाई लिपिबद्ध गरेका हौं । यसमा सबै कुरा समेट्न गाह्रो थियो । अब टीमलाई फराकिलो बनाएर कामको बाँडफाँट गरेर लानुपर्नेछ । आवश्यक सुधार र संशोधन आवश्यक पर्छ । जुन दिन जिम्मेवारी पूरा गर्दैनन्, म ४८ घन्टा वा २४ घन्टा होइन, १२ घन्टा पनि पर्खिन सक्दिनँ । एक घन्टाभित्र कारबाही गर्छु ।’

    लामिछानेको थप भनाइः

    कुनै चर्चित र लोकप्रिय विश्लेषकले यिनीहरु पनि उस्तै हुन् भन्दा विदेशमा पसिना बगाइरहेका तपाईंहरुलाई हो कि क्या हो भन्ने लाग्नसक्छ । तर, होइन, कुनै हालतमा होइन । कुनै हालतमा अरु पार्टी जस्तो हुन नदिने वचनबद्धता म व्यक्त गर्छु । रास्वपा पुरानो कुनै अर्को पार्टी जस्तो हुनै सक्दैन ।

    रास्वपाले बाटो बिराएछ भने मलाई मलेसियामा प्रवेश निषेध गर्नुहोला । एयरपोर्टमा रोक्नुहोला । जुन दिन हामीले इमान छाड्छौं, त्यो दिन पार्टीको सदस्यता च्यातेर समुद्रमा फ्याक्दिनुहोला ।

    यो देशमा योग्य क्षमतावान व्यक्ति धेरै छन् । आज नेपालको सदन सदन जस्तो भएको छ । बाँकी दलका सांसद तराजुको एउटा साइडमा र रास्वपाका २१ सांसदलाई अर्को साइडमा राखेर हेर्नुस् । भारी को छ आफैं जोख्नुस् । २१ जनाले सांसदको गरिमा जोगाएका छौं । हामी अर्को राजनीतिको पसल थाप्न आएका होइनौं ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार