Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जाजरकोट भूकम्प: प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १९ करोड २४ लाखभन्दा बढी रकम जम्मा 


    आइतबार, मंसिर १७ २०८०
    905
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । हालसम्म जाजरकोट भूकम्पपछि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १९ करोड २४ लाख ८९ हजार १०६ रुपैयाँ जम्मा भएको छ ।

    गत कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि प्रभावित भएकाहरूको सहयोगका लागि उक्त रकम कोषमा जम्मा भएको हो ।

    कात्तिक १८ गतेदेखि मंसिर १५ गतेसम्मको अवधिमा उक्त रकम ८१ जनाभन्दा बढी व्यक्ति तथा संघसंस्थाले कोषमा जम्मा गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

    जाजरकोट भूकम्पका कारण १५४ जनाको मृत्यु भएको थियो भने १३ जिल्लाका ६२ हजारभन्दा बढी घरमा क्षति गरेको थियो ।

    भूकम्पले ठूलो जनधनको क्षति गरेपछि सरकारले पीडितहरूको सहयोगका लागि कोषमा रकम जम्मा गर्न अनुरोध गरेको थियो । त्यसपछि विभिन्न व्यक्ति तथा संघसंस्थाहरूले प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा रकम जम्मा गर्दै आएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार