काठमाडौँ । रुकुम पश्चिमको सोती गाउँमा १० जेठ २०७७ मा ६ जनाको हत्या भएको घटनामा आज आइतबारदेखि निरन्तर सुनुवाइ सुरु भएको छ । जिल्ला अदालतमा सुनुवाइ सुरु भएको रुकुम पश्चिम जिल्ला अदालतका सूचना अधिकारी गोविन्द प्रसाद कोइरालाले जानकारी दिए ।
फैसला केन्द्रित सुनुवाइको पहिलो दिन सरकारी वकिलले बहस सुरु गरेका छन् । न्यायाधीश खड्क बहादुर के.सी. को इजलासमा जाहेरवालाको तर्फबाट सरकारी वकिलले बहस थालेका हुन् । प्रतिवादीका तर्फबाट बहसका लागी ९ जना कानुन व्यवसायी अदालतमा पुगेका छन् । सरकारी वकिलको बहस पुरा भएपछि प्रतिवादीका कानुन व्यवसायीले जवाफ दिने अदालतका सूचना अधिकारी कोइरालाले जानकारी दिए ।
१० जेठ २०७७ मा पश्चिम रुकुमको सोती गाउँमा अन्तरजातीय विवाहको विषयमा विवाद हुँदा नवराज विकसहित ६ जनाको हत्या भएको थियो । जाजरकोट रानागाउँका २१ वर्षीय नवराज विक साथीहरू सहित पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोती गाउँकी आफ्नी प्रेमीका मल्ल थरकी युवतीसँग विवाहको कुरा गर्न सोती गाउँका पुगेका थिए ।
ठकुरी र दलित समुदायको बिचमा विवाह गर्नेबारे विवाद हुँदा गाउँलेहरू मिलेर नवराज र उनका साथीहरूलाई लखेटेर हत्या गरेका हुन् । ६ जनाको शव भेरी नदीमा फेला परेको थियो ।
अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले ३४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरे
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend