काठमाडौँ । रुकुम पश्चिमको सोती गाउँमा १० जेठ २०७७ मा ६ जनाको हत्या भएको घटनामा आज आइतबारदेखि निरन्तर सुनुवाइ सुरु भएको छ । जिल्ला अदालतमा सुनुवाइ सुरु भएको रुकुम पश्चिम जिल्ला अदालतका सूचना अधिकारी गोविन्द प्रसाद कोइरालाले जानकारी दिए ।
फैसला केन्द्रित सुनुवाइको पहिलो दिन सरकारी वकिलले बहस सुरु गरेका छन् । न्यायाधीश खड्क बहादुर के.सी. को इजलासमा जाहेरवालाको तर्फबाट सरकारी वकिलले बहस थालेका हुन् । प्रतिवादीका तर्फबाट बहसका लागी ९ जना कानुन व्यवसायी अदालतमा पुगेका छन् । सरकारी वकिलको बहस पुरा भएपछि प्रतिवादीका कानुन व्यवसायीले जवाफ दिने अदालतका सूचना अधिकारी कोइरालाले जानकारी दिए ।
१० जेठ २०७७ मा पश्चिम रुकुमको सोती गाउँमा अन्तरजातीय विवाहको विषयमा विवाद हुँदा नवराज विकसहित ६ जनाको हत्या भएको थियो । जाजरकोट रानागाउँका २१ वर्षीय नवराज विक साथीहरू सहित पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोती गाउँकी आफ्नी प्रेमीका मल्ल थरकी युवतीसँग विवाहको कुरा गर्न सोती गाउँका पुगेका थिए ।
ठकुरी र दलित समुदायको बिचमा विवाह गर्नेबारे विवाद हुँदा गाउँलेहरू मिलेर नवराज र उनका साथीहरूलाई लखेटेर हत्या गरेका हुन् । ६ जनाको शव भेरी नदीमा फेला परेको थियो ।
अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले ३४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरे
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend