सिराहा । सिराहाको बडियारपट्टीबाट स्रोत नखुलेको आठ लाख रकम सहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सिराहा सशस्त्र प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा पैसा बोकेर आउँदै गरेको अवस्थामा बरियारपट्टी गाउँपालिका ३ महरा टोलबाट स्रोत नखुलेको आठ लाख रकम सहित बडियारपट्टी २ श्रीपुरका ४२ वर्षीय मोहम्मद फिरोजलाई नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल, नेपाल चेक प्वाईन्टले शंका लागि चेकजाँच गर्दा उनको साथबाट स्रोत नखुलेको रकम फेला परेको सशस्त्र प्रहरी बल नेपाल, नम्बर ७ गण सिराहाका प्रमुख एसपी शिव प्रसाद गैरेले जानकारी दिए ।
रुपैयाँसहित नियन्त्रणमा व्यक्तिलार्ई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय माडरमा सिराहामा बुझाइएको जनाएको छ ।
भारतीय बजारहरूमा नेपाली ग्राहकले सामान किनबेच गरेर जम्मा भएको रकम नेपाल ल्याएको हुनसक्ने जानकारहरू बताउँछन् । भारतीय बजारमा नेपाली ग्राहकले सामान किन्दा दिएको रकम नेपाली व्यवसायीको नाममा नेपाली बैंकमा खाता खोली भारतीय व्यवसायीले भारतमै एटीएम मार्फत रकम निकाल्ने गरेको व्यवसायीहरू नै बताउँछन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend