काठमाडौं । बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागका महानिर्देशक तीर्थराज चिलुवाल हाजिर भएको ३ महिना नपुग्दै सरुवा माग्न थालेका छन् । उनलाई उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले गएको भदौ अन्तिममा बाणिज्य विभागको महानिर्देशक बनाएको थियो ।
तीन महिना पनि नपुग्दै उनी सरुवा हुन पाउँ भन्दै धाउन थालेका छन् । ७१ सहसचिवको सरुवा हुँदा आफ्नो नाम पनि सूचीमा राख्न पहल गरेका उनी पर्न नसकेपछि बाणिज्य मन्त्रालय फर्कने चाहना सचिव समक्ष राखेका छन् ।
उपसचिव हुँदासम्म राजस्व समूहमा बसेर तर मारेका र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गएका उनी रामचन्द्र भट्टमार्फत् बाणिज्यमा सरुवा भएका थिए । बाणिज्यमा उनलाई सुपारी र केराउ खुलाउनेगरी डीजी बनाइएको थियो । सुपारी र केराउको अनुमति दिए । तर त्यसमा डीजी चिलुवालले लाभ र जस नपाएपछि उनी त्यहाँबाट बाहिरिन खोजेको बताइन्छ । त्यसको जस र लाभ मन्त्रालयका सहसचिव रामचन्द्र तिवारी, सचिव मुकुन्द निरौला र मन्त्री रमेश रिजालले मात्र लिएको र डीजी चिलुवाल जिल्लिएका थिए । उनी बाहिरिन खोज्नुको यो मात्र होइन, आफ््नै उपसचिव आनन्दराज पोखरेलसँगको टसल पनि मानिएको छ ।
बाणिज्य विभागको महत्वपूर्ण शाखाको रुपमा रहेको आपूर्ति, अनुगमन तथा उपभोक्ता संरक्षण शाखाका निर्देशक पोखरेलको पछिल्लो समयमा डीजी चिलुवालसँग द्वन्द्व हुँदैआएको छ । पोखरेलले बजार अनुगमनका क्रममा पक्षपाती ब्यवहार गर्ने, अनावश्यक रुपमा सेवाग्राहीलाई दुःख दिने गरेको, साना साना त्रुटिमा समेत ब्यापारीहरुमाथि नचाहिने दण्ड जरिवाना तोकी आतंकित पारेको आरोप छ ।
त्यस्तै, ब्यापारीहरुबाट अनुचित लाभ लिने गरेको, मातहतका कर्मचारीहरुप्रति रुखो ब्यवहार गर्ने गरेको लगायतका बिषयमा पोखरेलबिरुद्ध गुनासो पुगेपछि डीजी चिलुवालले सम्झाउने प्रयास गरेका थिए । तर डीजीको निर्देशनपछि पोखरेलको कार्यशैली नसच्चिएपनि चिलुवाल थप विवादमा पर्ने देखेर बाहिरिन खोजेको विभाग स्रोत बताउँछ । अहिले महानिर्देशक र निर्देशकको द्वन्द्वका कारण विभागको बजार अनुगमनको काम प्रायः ठप्प नै छ ।
दशैं तिहारमा चिनीमा भएको कालोबजारीको अनुगमनका नाममा नचाहिंदो चर्चा बटुलेको विभागले बजारको विद्यमान अस्तब्यस्ततालाई चिर्नका लागि कुनै ठोस कार्ययोजना बनाउन सकेको छैन । पोखरेलले सचिव मुकुन्द निरौलाको साथ सहयोग पाएको संकेत पाएपछि चिलुवाल विभागमा बस्न नचाहेको बताइन्छ । पोखरेललाई अर्को शाखाको जिम्मेवारी दिन खोजे पनि मन्त्रालयकै दबाबका कारण चिलुवाल रोकिन पुगेका छन् । उनी विभागमा कहिलेकाहीमात्र आउने, हाजिर गरेर मात्र हिंड्ने गरेका छन् ।
महानिर्देशक र निर्देशकको समन्वय अभावका कारण विभागको अनुगमनको कामकारबाही ठप्प हुन प्ुगेको छ । बिराटनगर बाणिज्य कार्यालय बीरगंज बाणिज्य कार्यालय हुँदै विभागमा आएका पोखरेलसँग फर्म दर्ताको अनुभव भए पनि बजार अनुगमनको बारेमा त्यति धेरै ज्ञान छैन । बाणिज्य बिभागका यसअघिका निर्देशक डम्मरु निरौलाको पछिल्लो चर्तिकला सेलाउन नपाउँदै फेरि महानिर्देशक र निर्देशकको द्वन्द छताछुल्ल हुन पुगेको छ ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । बोरिङ र मोटर जडान गर्ने कार्यका लागि ७ लाख ५० हजार घुस लिने भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सर्लाहीका डिभिजन...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठामाडौं । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरी हटाइएकाहरुलाई वालेन्द्र शाह सरकारले धमाधम नियुक्ति दिइरहेको छ । वालेन्द्र शाह प्रधानमन्त्री भएपछि...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend