Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अझै नियन्त्रणमा आएन पानामा रोग


    आइतबार, मंसिर १७ २०८०
    885
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपालमा देखा परेको केराको पानामा (टिआर–४) रोग अझै नियन्त्रण हुन सकेको छैन । कैलालीको टीकापुरमा देखिएको पानामा (टिआर–१४) नवलपरासीमा पनि देखिएको छ । नवलपरासीको पाँच वटा केराको बगैँचामा यो फैलिसकेको कुरा असोजमा पुष्टि भइसकेको छ ।

    राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा. रामबहादुर खड्काले पानामा रोगलाई नियन्त्रण गर्न नसकिए पनि यसलाई फैलिनबाट जोगाउनुपर्ने बताए । कैलालीको टीकापुरबाट अन्यत्र यो रोग सरेको छैन तर नवलपरासीको सुस्तामा भारतबाट यो रोग सरिसकेको उनले बताए । नवलपरासी देशकै सबभन्दा ठुलो केराको पकेट क्षेत्र हो । त्यहाँ सात वटा बगैँचामा अध्ययन गरिएकामा पाँच वटामा फेला परेको छ ।

    वैज्ञानिक खड्काका अनुसार ३१ प्रतिशत रोग फैलिसकेको भेटिएको उनले बताए । यसलाई नियन्त्रण गर्न नसकिए अवस्था भयावह हुने र केरा व्यवसाय नै ध्वस्त हुने उनले बताए । गुल्मीबाट पनि नमुना प्राप्त भएको छ । त्यसलाई परीक्षण गर्दा केरामा लाग्ने पानामा नै हो तर टिआर–१४ नरहेको उनले जानकारी दिए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार