सल्यान । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले व्यवस्थित सञ्चार सेवा र भौतिक पूर्वाधार विकास सरकारको प्राथमिकतामा रहेको दाबी गरेकी छन् । उनले स्थानीय सरकारलाई सेवा प्रवाह सुधारमा जोड दिन सुझाव पनि दिइन् ।
सल्यानको कपुरकोट गाउँपालिकाले शनिबार बिहान आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले
नेपाल सरकारको मुख्य प्राथमिकता सुशासन, विकास र सहज सेवा प्रवाह भएकाले स्थानीय सरकारले पनि सोही अनुसार काम गर्नुपर्ने बताइन् । स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार रहेकाले चुस्त र सहज सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो । पूर्वाधार विकास र नीति तथा कानुन निर्माणका काम भने संघ र प्रदेश सरकारले गर्ने उनको भनाइ छ ।
वर्तमान सरकारले सुशासन र सेवा प्रवाहमा जोड दिने नीति लिएपछि शैक्षिकसत्र सुरु हुनुअघि नै दुर्गम जिल्लाका स्कुलहरुमा पाठ्यपुस्तक पुग्न सकेको, मल आपूर्ति सहज भएको, सरकारी कार्यालयमा सेवाग्राहीको लाइन हटेको लगायतका उदाहरण पेश गर्दै मन्त्री शर्माले सेवाग्राही मैत्री काम अझै बढाएर लैजानुपर्ने बताइन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend