Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • धुलिखेलमा गाडीको ठक्करबाट एक पैदल यात्रीको मृत्यु


    शनिबार, मंसिर १६ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काभ्रे। धुलिखेल नगरपालिका वडा न. ११ स्थित (विपि राजमार्ग) पात्लेखेतमा आज (शनिबार) बिहान गाडीको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ ।

    भकुण्डेबेशीबाट काठमाडौं आउँदै गरेको प्र–१–०१–००१ च ८५९२ नं गाडीको ठक्करबाट स्थानीय यमुनाप्रसाद धितालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । प्रहरीका अनुसार ठक्कर दिएपछि घाइते भएका धिताललाई धुलिखेल अस्पताल लगिएको र निजको उपचारका क्रममा मृत्यु भएको हो ।

    धिताल विन्धवासिनी सहकारीमा कार्यरत कर्मचारी रहेको बुझिएको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार