Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘प्रहरीको घमुवा हुँ’ भन्दै व्यापारीसँग पैसा असुल्ने पक्राउ


    शुक्रबार, मंसिर १५ २०८०
    845
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। ‘प्रहरीको घमुवा हुँ’ भन्दै व्यापारीबाट पैसा असुल्ने एक जना पक्राउ परेका छन् । ५/६ महिनादेखि आफू मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको बारा, पर्सा र रौतहट जिल्लाको घुमुवा प्रहरी रहेको भन्दै व्यापारीहरूसँग महिनावारी रकम उठाइरहेको आराेपमा उनलाई प्रहरी नियन्त्रणमा लिएकाे हाे ।

    पक्राउ पर्नेमा बाराको आदर्श कोतवाल गाउँपालिका-८ स्थित लक्ष्मीटोल बस्ने ४५ वर्षीय गोविन्द महतो कोइरी रहेका छन् ।

    उनलाई स्थानीयको सहयोगमा बुधबार वीरगञ्ज महानगरपालिका- २३ हरपतगञ्ज सुपौलीस्थित केमिकल कम्पनी नजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार