सर्लाही । घुस काण्डमा मुछिएर प्रहरीको एकजना असई निलम्बित भएको घटनाको एक महिना पनि बित्न नपाउँदै घुस खान एकदम माहिर मानिएका एक जना अर्का प्रसनिले पनि तस्करसँग २५ हजार रुपैयाँ लिएर तस्करहरूको सामान छाडिदिएको खबर जानकारीमा आएको छ।
विश्वस्त स्रोतले दिएको जानकारी अनुसार सर्लाहीको नारायणपुरस्थित प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक संजीव यादवले बिहीबार साँझ स्थानीय तस्करहरूको सामान छोड़िदिएको स्रोतले जनाएको छ।
भारतीय तस्कर दिवेश पाठक, श्रीनगरका कैलाश साह मोहन साह एवं अरुण साह समेतले भारतबाट अवैध तरीकाले भंसार राजस्व छली गरी नेपाल भित्र्याएको करीब दुई लाख भन्दा बढ़ीको कपड़ा, काजु, रजनीगंधा, राजनिवाससहित मोटरसाइकल प्रहरी चौकी नारायणपुरका प्रमुखले मिलेमतोमा छोड़िएको बताईएको छ।
एक महिनाअघि मात्र चौकीको इन्चार्जको रुपमा आएका प्रसनि यादवसँग समन्वय नै नगरी तस्करहरूले सो नाका प्रयोग गरी सामान ल्याउन थालेपछि सामान पक्राउ परेपनि स्थानीय बिचौलियाको समन्वयमा सामान छाडिएको स्रोत बताउँछ।
यस सम्बन्धमा प्रहरी चौकीका प्रमुख प्रसनि यादवसँग बुझ्दा उनले आफुले तस्करहरूसँग एक रुपैयाँ पनि घुस नखाएको दाबी गरे। उनले आफूले तस्करहरूलाई रोकेर आफ्नो नाकाबाट अवैध रुपमा सामानको ओसार पसार नगर्न सम्झाएको प्रतिक्रिया दिए।
पर्सा घर भएका फूल तस्कर सन्तोष भण्डारीले समेत सर्लाही र महोत्तरीका विभिन्न नाका प्रयोग गरि आफ्ना भारतीय मामा संजय भण्डारीको नाममा लाइन संचालन गरिरहेका छन्।
जिल्ला प्रहरी कार्यालयमा सर्लाहीमा एक महिना अघि मात्र आएका ईमानदार छविका प्रहरी उपरीक्षक प्रवीण धिताल को कार्यकाललाई बदनाम गर्न प्रनाउ दिपेन्द्र पंजियार र क्राइमका बरिष्ठ प्रहरी नायब निरीक्षक अरुण यादवले तस्करसँग सेटिङ गरेर अतिरिक्त आम्दानी गर्न माहिर प्रहरीहरूलाई चौकी इन्चार्जको रुपमा पठाउने गरेको र ईमानदार प्रहरीलाई भने कुनै मौका नदिने गरेको प्रहरीभित्रै चर्चा छ।
मधेश प्रदेशका जिल्लाहरूमा यसरी तस्करीको लाइन संचालन भैरहँदा पनि प्रदेश प्रहरी प्रमुख डीआईजीको जनक भट्टराईको मौनता बुझिनसक्नु छ।
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend