सर्लाही । घुस काण्डमा मुछिएर प्रहरीको एकजना असई निलम्बित भएको घटनाको एक महिना पनि बित्न नपाउँदै घुस खान एकदम माहिर मानिएका एक जना अर्का प्रसनिले पनि तस्करसँग २५ हजार रुपैयाँ लिएर तस्करहरूको सामान छाडिदिएको खबर जानकारीमा आएको छ।
विश्वस्त स्रोतले दिएको जानकारी अनुसार सर्लाहीको नारायणपुरस्थित प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक संजीव यादवले बिहीबार साँझ स्थानीय तस्करहरूको सामान छोड़िदिएको स्रोतले जनाएको छ।
भारतीय तस्कर दिवेश पाठक, श्रीनगरका कैलाश साह मोहन साह एवं अरुण साह समेतले भारतबाट अवैध तरीकाले भंसार राजस्व छली गरी नेपाल भित्र्याएको करीब दुई लाख भन्दा बढ़ीको कपड़ा, काजु, रजनीगंधा, राजनिवाससहित मोटरसाइकल प्रहरी चौकी नारायणपुरका प्रमुखले मिलेमतोमा छोड़िएको बताईएको छ।
एक महिनाअघि मात्र चौकीको इन्चार्जको रुपमा आएका प्रसनि यादवसँग समन्वय नै नगरी तस्करहरूले सो नाका प्रयोग गरी सामान ल्याउन थालेपछि सामान पक्राउ परेपनि स्थानीय बिचौलियाको समन्वयमा सामान छाडिएको स्रोत बताउँछ।
यस सम्बन्धमा प्रहरी चौकीका प्रमुख प्रसनि यादवसँग बुझ्दा उनले आफुले तस्करहरूसँग एक रुपैयाँ पनि घुस नखाएको दाबी गरे। उनले आफूले तस्करहरूलाई रोकेर आफ्नो नाकाबाट अवैध रुपमा सामानको ओसार पसार नगर्न सम्झाएको प्रतिक्रिया दिए।
पर्सा घर भएका फूल तस्कर सन्तोष भण्डारीले समेत सर्लाही र महोत्तरीका विभिन्न नाका प्रयोग गरि आफ्ना भारतीय मामा संजय भण्डारीको नाममा लाइन संचालन गरिरहेका छन्।
जिल्ला प्रहरी कार्यालयमा सर्लाहीमा एक महिना अघि मात्र आएका ईमानदार छविका प्रहरी उपरीक्षक प्रवीण धिताल को कार्यकाललाई बदनाम गर्न प्रनाउ दिपेन्द्र पंजियार र क्राइमका बरिष्ठ प्रहरी नायब निरीक्षक अरुण यादवले तस्करसँग सेटिङ गरेर अतिरिक्त आम्दानी गर्न माहिर प्रहरीहरूलाई चौकी इन्चार्जको रुपमा पठाउने गरेको र ईमानदार प्रहरीलाई भने कुनै मौका नदिने गरेको प्रहरीभित्रै चर्चा छ।
मधेश प्रदेशका जिल्लाहरूमा यसरी तस्करीको लाइन संचालन भैरहँदा पनि प्रदेश प्रहरी प्रमुख डीआईजीको जनक भट्टराईको मौनता बुझिनसक्नु छ।
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
विराटनगर । विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन्...
काठमाडौं । सिरहामा गोली चलेको छ । सिरहाको लहानमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरी ६ जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार लहान नगरपालिका वडा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend