Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • कर्नेलको घरमा चोरी गरेको आरोपमा दुई जना पक्राउ


    बिहिबार, मंसिर १४ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली सेनाका कर्नेल कामेश्वर यादवको घरमा चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । ४ मंसिरमा भएको चोरीमा संलग्नको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

    पक्राउ पर्नेमा प्रेमबहादुर तामाङ र अम्बरबहादुर तामाङ रहेका छन् । प्रहरीका अनुसार दुबैले ४ मंसिरमा ललितपुर, भैंसेपाटीस्थित यादवको घर र उनकै घरमा डेरा लिएर बसेका शोभा ढकालको कोठामा चोरी गरेका थिए ।

    अमेरिकी डलर, भारु र नेपाली रुपैयाँका साथै सुन र चाँदीका गहना गरेर १९ लाख ४२ हजार ६०० बराबरको धनमाल चोरी भएको थियो ।

    चोरी भएको रकममध्ये केही डलर र भारुका साथै केही सामान बरामद भएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।

     

     

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार