Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जाजरकोटमा चिसोले कठ्यांग्रिएर तीन वर्षीया बालिकाको मृत्यु


    बिहिबार, मंसिर १४ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। जाजरकोटको कुशे गाउँपालिकामा बढ्दो चिसोका कारण एक बालिकाको मृत्यु भएको छ। कुशे–१ स्याँक्रीकी सुनील वादीकी तीन वर्षीया छोरी रक्षा वादीको चिसोले कठ्यांग्रिएर मृत्यु भएको हो।

    चिसोका कारण उनलाई निमोनिया भएको थियो। निमोनियाले सिकिस्त बनेपछि उपचारका लागि छेडागाड नगरपालिकास्थित मटेलामा रहेको मेडिकलमा लैजाने क्रममा रक्षाको मृत्यु भएको स्रोतले बतायो ।

    गत कात्तिक १७ गतेको भुइँचालोबाट घर चर्किएपछि सुनीलको परिवार त्रिपालमुनि बसिरहेको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार