Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • भूकम्प प्रभावितका लागि अस्थायी आवास बनाउन सेना र प्रहरी खटाइने


    बुधबार, मंसिर १३ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणका लागि सरकारले सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटाउने निर्णय गरेको छ ।

    आज बसेको मन्त्रिपरिषद् बैठकले गत कात्तिक १७ मा रामीडाँडा केन्द्रबिन्दु भई गएको भूकम्पबाट सबैभन्दा बढी क्षति पुगेको जाजरकोट र रुकुम पश्चिममा आवास बनाउन सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो ।

    राहत र उद्धारको तुलनामा अस्थायी आवास ढिला भएको निष्कर्षसहित प्रभावित जिल्लाको सुरक्षा समितिको सिफारिसमा सेना, प्रहरी र सशस्त्र प्रहरी खटाउने निर्णय गरिएको सरकारकी प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार