Nepal Face
  • मंगलबार, १८ कार्तिक २०८३
  • कोरोना भाइरसको महामारीः दिल्लीको निजामुद्दिन भेलाका सहभागी नेपाली कहाँ छन् ?


    शनिबार, चैत्र २२ २०७६
    1.4K
    Shares
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण समयमै अन्तर्राष्ट्रिय उडान नरोकेका कारण भएको देखिएको छ । कोरोना संक्रमित ६ जनामध्ये सुरुमा पोजेटिभ देखिएका १ जना चीनको वुहानबाट फर्किएका थिए । अरु पोजेटिभ देखिएका ५ जना कतारबाट चैत ४ गते र दुबईबाट चैत ६ मा आएका हुन् । 

    कतार र दुवईबाट आएकामध्ये ५ जनामा देखिसकेको छ । बाँकी सबै सम्पर्कमा आएका छैनन् । उनीहरु कहाँ कहाँ गए, को को सँग भेटे त्यसले कति संक्रमण फैलिने हो, त्यो भय छँदैछ ।

    कोरोना भाइरसको महामारी फैलिरहेको बेला भारतको दिल्लीस्थित निजामुद्दिन मस्जिदमा भएको धार्मिक भेला(मरकज)मा सहभागी भएर फर्किएका नेपाली मुस्लिमलाई अर्को खतराका रुपमा लिइएको छ ।

    निजामुद्दिन भेलामा कोरोना संक्रमितहरु समेत सहभागी भएको कुराले भारत सरकारलाई पनि टाउको दुखाइको बिषय बनेको छ । र, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भेला गर्न अनुमति दिएको भनेर उनको ठूलो आलोचना भइरहेको छ । उक्त भेलामा करिब २ हजारको संख्यामा सहभागी भएकाले भारतमा समेत त्यसले नै कोरोना महामारी फैलाएको भन्दै केजरीवालको चर्को आलोचना भएको छ ।

     गएको मार्च ५ देखि १३ सम्म इस्लाम धर्मावलम्बीमध्येकै सुन्नी सम्प्रदायको सामाजिक संगठन तकलिबी जमातले आयोजना गरेको भेलामा विश्वभरका करिब २ हजारभन्दा बढी सहभागी थिए । भेलामा सहभागी विभिन्न देशका २४ भन्दा बढी व्यक्तिलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि त्यसले भारतमा मात्रै होइन, नेपालसहित विभिन्न देशमा ठूलो त्रास सिर्जना गरेको छ ।

      कोरोना संक्रमण फैलिसकेपछि भारतको उक्त धार्मिक भेलामा २ नम्बर प्रदेशका बारा, पर्सा, रौतहट, सप्तरीलगायत जिल्लाबाट १३, अन्य जिल्लाबाट ८ जना र मस्जिदमै अध्ययनरत १२ विद्यार्थी गरी ३३ जना सो धार्मिक भेलामा सहभागी भएको पाइयो ।’ ती प्रहरी उच्च अधिकारीका अनुसार अरु पनि गएका हुनसक्ने भएकाले उनीहरु कहाँ छन् भन्नेबारे अनुसन्धान र खोजीकार्य भइरहेको २ नम्बर प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।  

    उक्त धार्मिक भेलामा सहभागी नेपाली मुसलमानहरूको बारेमा एकीन तथ्यांक प्राप्त नभएकाले प्रहरी प्रशासनले आफैं प्रशासनलाई खबर गरेर क्वारेन्टाइनमा बस्न आग्रह गर्दैआएको छ ।

    यसैगरी भारतको दिल्लीमा सम्पन्न धार्मिक कार्यक्रम निजामुद्दिन जमातबाट फर्किएका सिरहाका आठ जनालाई शुक्रबार सिरहा प्रहरीले क्वारेन्टाइनमा पठाइएको छ । कार्यक्रम सकेर गत मङ्गलबार मध्यराति घर फर्किएका आठै जना स्वास्थ्य जाँच नगराई सिधैँ घर पुगेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार