Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बर्दियामा ३० हजार रुपैयाँ घुससहित सई पक्राउ


    मंगलबार, मंसिर १२ २०८०
    735
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाण्डाै। बर्दियाको बढैयाताल गाउँपालिका मैनापोखरमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) पवन साउदलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको छ ।

    आयोगले प्रहरी नायब निरीक्षक साउदले लागुऔषधको मुद्दा मिलाइदिने काममा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाका आधारमा आयोगको नेपालगञ्जबाट गएको टोलीले पक्राउ गरेको हो ।

    आयोगले साउदलाई ३० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय मैनापोखरबाट आज पक्राउ गरेको हो ।

    साउदमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार