Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘अमेरिका पठाइदिन्छु’ भन्दै १५ लाख ठगेको आरोपमा आमाछोरा पक्राउ


    मंगलबार, मंसिर १२ २०८०
    720
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। ‘अमेरिका पठाइदिन्छु’ भन्दै १५ लाख ठगेको आरोपमा आमा र छोरा पक्राउ परेका छन्।

    उक्त ठगी आरोपमा काठमाडौं महानगरपालिका- १४ बस्ने ३६ वर्षीय विशाल श्रेष्ठ र ६४ वर्षीया शान्ति श्रेष्ठ पक्राउ परेका हुन्।

    उनीहरूलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार साँझ नयाँ बानेश्वरबाट पक्राउ गरेको हो।

    चन्द्रबहादुर रावललाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै १५ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    अनुसन्धान तथा कारबाहीका लागि उनीहरूलाई अनुसन्धान कार्यालयले आज मंगलबार वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार