विर्तामोड। झापाको गौरादहको कार्की चोकमा आज बिहान सिटीसफारी र मिनी ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
गौरादह डिपु चोकबाट गौरादह ३ बरगाछीतर्फ जाँदै गरेको गौरादह नगरपालिकाको ई ५३ नम्बरको सिटी सफारीलाई पानी कम्पनी बेलाको ना.अ.प.स. २५३ नम्बरको पिकअप गाडीले पछाडिबाट ठक्कर दिँदा दुबै सवारी पल्टिएका थिए।
उक्त दुर्घटनामा सिटी चालक गौरादह २ का अन्दाजी ५० वर्षीय रघुनाथ काफ्लेको मृत्यु भएको हो। अन्य तीन जना घाइते रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी सिटीमा सवार गौरादह ३ बस्ने ५५ वर्षीया रमा नेपाल र सोही ठाउँकी ४४ वर्षीया मेनुका भण्डारी घाइते भएका छन्।
त्यस्तै पिकअप चालक गौरीगञ्ज बस्ने राजेश दास पनि घाइते भएका छन् । घाइतेहरुको दमकमा उपचार भइरहेको दमक प्रहरीले बताएको छ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend