Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सेयर बजार आज पनि घट्यो, कारोबार रकम कति ?


    मंगलबार, मंसिर १२ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाण्डाै । सेयर बजार आज मङ्गलबार पनि ओरालो लागेको छ । सेयर बजार परिसूचक नेप्से आज दुई दशमलव १७ अङ्कले घटेर एक हजार आठ सय ९४ दशमलव ५३ विन्दुमा झरेको छ ।

    आज फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, उत्पादन तथा प्रशोधन र म्युचल फन्ड समूहको शेयर सामान्य बढेको छ । अरू समूहको सेयर घटेको छ । आज सबैभन्दा धेरै नारायणी विकास बैंकको सेयर झन्डै साढे पाँच प्रतिशतले घटेको छ ।

    समग्रमा बजार घटेको दिन आज सबैभन्दा धेरै बुद्धभूमि जलविद्युत् कम्पनीको सेयर १० प्रतिशत र मेन्छियाम जलविद्युतको शेयर झन्डै नौ प्रतिशतले बढेको छ ।

    आज ४७ लाख २७ हजार कित्ता सेयर एक अर्ब २८ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको आठ करोड ४९ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार