Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बझाङमा १४ किलो गाँजासहित तीन जना पक्राउ


    मंगलबार, मंसिर १२ २०८०
    960
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बझाङमा १४ किलो गाँजासहित तीन जना पक्राउ परेका छन् । खप्तड छान्ना गाउँपालिका-७ को गोर्खालीका खड्कबहादुर खड्काको घरमा गाँजाको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले उनीसहित तीन जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा खड्कासहित गोरखाको अजिरकोट गाउँपालिका-२ खरिबोटका ३८ वर्षीय सन्तोष गुरुङ र पर्साको सुकौली पटौली गाउँपालिका-३ का ५५ वषर्ीय राम गुरुङ रहेका छन् ।

    उनीहरुले खड्काको घरमा उद्योग नै खोलेर अवैध रुपमा गाँजाको कारोबार गर्दै आएको प्रहरीले जनाएको छ ।

    उनीहरुको साथबाट १४ किलो २१० ग्राम गाँजा, गाँजाको दाना र पातसमेत गरेर ७७ किलो ३०५ ग्राम कच्चा पदार्थ बरामद गरिएको प्रहरीले बताएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार