Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • गोपनीयताको हक र प्रकाशन स्वतन्त्रताबिचको फरक बुझेर काम गर्नुपर्नेमा पूर्वप्रधानन्यायधीश श्रेष्ठको जोड


    सोमबार, मंसिर ११ २०८०
    910
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । पूर्वप्रधानन्यायधीश कल्याणकुमार श्रेष्ठले गोपनीयताको हक र प्रकाशन स्वतन्त्रताबीचको फरक बुझेर यौन हिंसा पीडितको समाचार सङ्कलन एवं प्रकाशन गरिनुपर्नेमा जोड दिएका छन् ।

    यौन हिंसा पीडितका समाचार सङ्कलन गर्दा ध्यान दिनुपर्ने विषयमा आज महिला, कानुन र विकास मञ्चले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गदै उनले गोपनीयता व्यक्तिगत स्वायत्तता र सम्मानको विषय भएकाले यसको सम्मान गरिनुपर्ने बताए ।

    महिलाको गोपनीयता अरुभन्दा संवेदनशील हुने भएकाले यस विषयमा ध्यान दिन पूर्व प्रधानन्यायाधीश श्रेष्ठले सञ्चारकर्मीलाई सुझाव दिए ।

    “दोषी प्रमाणित नभई आरोपितको नाम सार्वजनिक गर्न पाइन्न, आरोपितहरुका विषयमा अपराध गरे जसरी नै समाचार आउने र पछि अदालतबाट प्रमाणित नहुने विषयमा कसको जवाफदेहिता नभएको हो भन्नेमा ध्यान दिनुपर्छ, जवाफदेहिता नबढेसम्म हामी प्रजातान्त्रिक हुँदैनौँ, प्रजातन्त्रमा सबैको हक, अधिकारको सम्मान गरिनुपर्छ, सबै जवाफदेही बन्नुपर्छ”,उनले भने ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार